फाईल तस्बिर
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ः०० बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुने अनुमान गरिएको छ । बैठकमा प्रदेश प्रमुख फेरबदलबारे पनि छलफल हुनसक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री नियुक्त भएको करिब २ महिना पुग्नै लाग्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन्।




















