काठमाण्डौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।
बुधबार सुन तोलामा २०० ले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आजै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















