काठमाण्डौं । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७४ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार ९५३ छ । यसमध्ये १ लाख ६ हजार २०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७५ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ५३ लाख ११ हजार ९५८ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ८०६ जनाको ज्यान गएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ३२ हजार ३८७ पुगेको छ ।




















