काठमाण्डौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ ।
मन्त्रालय भागबन्डा टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्दै छ । यसअघि सोमबार बसेको शीर्ष नेताको बैठकले आजसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो ।




















