फाईल तस्बिर
काठमाण्डौं । भारतमा मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किदै छन् ।
गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाण्डौं आइपुग्ने छन् ।
खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी आज स्वदेश फर्किन लागेका हुन् । राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो ।
खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो । जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए ।




















