दाङ । श्रीमानको हत्या गरेको अभियोगमा दाङमा एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका ३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















