काठमाण्डौं । काठमाण्डौंको भगवती चोकबाट तासखेली रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ९ को भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३९० रुपैयाँ सहित १२ बुक तास प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै गरी नवलपुरको मध्यबिन्दु नगरपालिका १३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारु लगायत ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुर सारुको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुर बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ८९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।




















