पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा १० बर्षिया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका १० कैलासनगरका १० वर्षीया नैना दर्जीको ज्यान गएको हो ।
पहिरोले एक तले कच्ची घर पुरिएको छ । नैना सुतिरहेको अवस्थामा पहिरोले च्यापेर गम्भीर अवस्थामा उद्वार गरी उपचारको लागि अस्पताल लगिएकोमा उनको ज्यान गएको हो ।




















