वीरगञ्ज । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने २१ वर्षीय सुजित कुमार शाह रहेको विरगञ्ज प्रहरी जनाएको छ ।
साहले विगत ८ महिनादेखि ललाई फकाई बालिकालाई जबरजस्तीकरणी गर्दै आएको प्रहरी खुसाला गगरेको छ । बालिका अहिले सात महिनाकी गर्भवती रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका साहलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको मिश्रले बताए ।




















