कावासोती । नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जना वेपत्ता भएका छन् ।
जिल्लाको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीका श्रीमती र २ छोरीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको पुर्बी नवलपरासीका प्रहरी प्रमुख प्रकाश मल्लले जानकारी दिए ।
मल्लले घट्ना स्थलमा प्रहरीको टोली पुगीसकेको बताउदै खोजी कार्य भईरहेको बताए । थप बिबरण आउन बाकी रहेको मल्लले बताए ।




















