खोटाङ । खोटाङको दिक्तेलमा भैसी बाँधने डोरीले घाँटीमा बाधेर हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
मझुवागढी नगरपालिका ३ को काँडेका ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय भाइ नारायण थापा र १५ वर्षीय भतिजा रुपन थापालाई पक्राउ गरएिको खाटाङ प्रहरीले जनाएको छ ।
आरोपित दुवैले हत्या गरेको प्रहरीमा स्विकार गरी सकेको प्रहरीले जनाएको छ । अभियुक्त मध्ये नारायण सहोदार भाई र रुपन भतिज हुन् ।
थापा एक्कासी भदौ ९ गते घरबाट हराएका थिए । घर परिवार तथा स्थानिय र प्रहरीले खोजतलास गर्दा घर भन्दा २०० मीटर टाढा रहेको बारीको कान्लामा गिरीराजको मृत शरिर फेला परेका थियो ।
बुधबार हराएका थापाको बिहीबार फेला परेको शवको प्रकृति र घटनास्थल हेर्दा हत्याको गरेको देखिए पछी शंकाका आधारमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरायसी विवादमा दुवै जना मिलेर थापालाई भैंसी बाँध्ने प्लास्टिकको डोरीले घाँटी कसेर मारेको वयान दिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनीहरुविरुध्द कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।




















