साँकेतिक तस्बिर
मुग्लीन । बिहीबार राति देखी मुग्लिन–नारायणगढ सडक खण्ड अबरुद्व भएको छ । सो सडक खण्डको सेती दोभानमा बिहीबार राती ८ः३० बजे खसेको पहिरोका कारण राजमार्ग अबरुद्व भएको हो ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार शुक्रबार बिहानै देखी पहिरो पन्छाउने कामा थालिएको १०ः०० बजेसम्म पहिरो पन्छाएर सवारी आवागमनमा सहजता ल्याउने सकिने बताए ।
पहिरो खसेको संगै मुग्लीन हुदै जाने र नारायणगढ हुदै मुग्लीनको बाटो प्रयोग गरेका हजारौ सवारीहरु ठाउँ ठाउँमा रोकिएका छन् ।




















