काठमाण्डौं । अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किए संगै नेपाल आई पुग्नेको संख्या ७७० जना पुगेको छ ।
मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली काठमाण्डौं आई पुगेको हो ।
उनीहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । पीसीआर परीक्षणपश्चात मात्र उनीहरूलाई घर पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई विभिन्न क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने निरन्तर समन्वय र सहजीकरण भईरहेको जनाएको छ । तर पनि अझै अपगानिस्तानमा कती नेपाली छन् भन्ने कुरा अन्यौल नै रहेको छ ।
सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई आफ्नो विवरण भर्न कन्सुलर सेवा विभागको वेबपोर्टल तथा भाइबर र ह्वाट्एपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ ।




















