कैलाली । कैलाली र धनुषामा भएको २ भिन्न दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपर सडकमा ग. १ ख ६४४१ नमबरबको ट्रकले ठक्कर दिदा सोही स्थानका ४० बर्षिय मान सिंह गुर्धामीको ज्यान गएको छ भने धनुषाको मिथिला नगरपालिका ४ को पुष्पलपुर सडकमा बा. ५ ख ६०८७ नम्बरको हायसले प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटसाइललाई डक्कर दिदा मोटर साइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
धनुषामा भएको दुर्घटनामा परी मोटरसाइकल चालक राजविराज नगरपालिका १२ का ३५ बर्षिय द्वारिकाप्रसाद यादव र उनका श्रीमती २८ बर्षिया ममता यादवको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।




















