काठमाण्डौ । आज केही प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मंगलबार दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको हो ।
राति प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।
त्यस्तै बुधबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले बुधबारदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको र बाढी पहिरोको जोखिम समेत रहेकोले उच्च सकर्तकता अपनाउन सर्व साधारणमा महाशखाले अनुरोध गरेको छ ।




















