धनुषा । बाँसको कप्टोरेले हानेर गएराती १ जना पुरुषले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका ५ को ललियाका भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीया अम्बिका मण्डलको हत्या गरेका धनुषा प्रहरीले पुष्टी गरेको छ ।
१० वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भागेश्वरले अनैतिक सम्बन्धको आशंका भएपछि राति करिब १ः०० बजे श्रीमती र बाबुको हत्या गरेको प्रहरीमा साविती बयान दिएको प्रहरीले जनाएको छ ।
स्थानीयले घर नजिकै आँपबारीमा रगतको छिर्का देखेपछि प्रहरीलाई खबर गरेको र भागेश्वरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।




















