चितवन । नारायणी नदीमा हामफालेर आज बिहानै एक पुरुष बेपत्ता भएका छन् । बिहान करिब ७ः०० बजे पुलबाट नदीमा हामफालेका ति व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका ४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता भएको चितवन प्रहरी पुष्टी गरेको हो ।
पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति गुप्ता भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउने बित्तिकै प्रहरी टोलीले खोजतलास गरिरहेको उनले बताए । नागरिकता भेटिएको आधारमा बेपत्ता व्यक्ति नभेटिएसम्म उनि नै हुन भन्ने पुष्टी भने हुन नसक्ने प्रहरीको भनाई छ ।




















