रोल्पा । रोल्पामा गएराती आफ्नै बुवाको टाउकोमा अगुल्टोले प्रहार गरि हत्या गरेको छ ।
रोल्पाको त्रिबेणि गाउँपालिकाको ४ स्थित बाघ खोर भन्ने स्थानमा घरायसी विवाद हुँदा २५ वर्षिय टेकबहादुर नेपालीले आफ्नै बुबा ६० वर्षिय लक्षिमान दमाईको अगुल्टो प्रहार हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले पुष्टी गरेको हो ।
आइतबार राती १०ः५० बजेको समयमा सामान्य विवादमा अगुल्टो प्रहार गरी गंभिर घाईते बनाईका थिए । घाईते बुवालाई छोरो आफैले विस्तारामा सुताएको भएता पनि केही बेरमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न छोरा लाई नियन्त्रणमा लिइ आबस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
दमाईको मृत्यु भएपछि स्थानियले प्रहरीलाइ खबरको र प्रहरी घटना स्थलमा पुगि हत्यामा संलग्न ब्यक्ती र हत्यामा प्रयोग भएको अगुल्टो समेत बरामद गरेको प्रहरीले जनाएको छ ।



