एजेन्सी । अफगानिस्तानको पन्जसिर उपत्यका कब्जा गर्न गएका ३०० तालिबानी लडाकु मारिएको दावी गरिएको छ ।
पन्जसिरका लडाकुले बाटोमा तालिबानका लडाकुलाई हमला गरेको र त्यस क्रममा तालिबानका ३०० लडाकु मारिएको दाबी स्रोतले गरेको हो ।
हातहतियार सहित ठुलो संख्यामा पन्जसिर छिर्न खोजेका तालिबानीहरुलाई आक्रमण गरि मारिएको हो । तालिबानले पन्जसिरमा ठूलो हमला गर्ने तयारी गरिरहेको बुझिन आएको छ ।
नजिकैको बगलान प्रान्तमा पर्ने अन्दराब जिल्लामा गएराति तालिबानी लडाकुले ठूलो हमला गरेका थिए । यस क्रममा धेरै मानिसको मृत्यु भएको खबर छ । उनीहरूको आक्रमणपछि बलगानको देह–ए–सलाह जिल्लामा पन्जसिर लडाकु प्रतिकारमा उत्रिन सुरु गरेको बताइएको छ ।
अफगानिस्तानको धेरै राज्य मध्ये अहिले सम्म तालिबानीहरुले पन्जसिरलाई कब्जामा लिन सकेको छैन । पन्जसिर लडाकुलाई शान्त पारिएन भने तालिबानलाई सरकार सञ्चालन गर्न कठिन हुने अनुमान गरिएको छ ।
पन्जसिर अफगानिस्तानको एक मात्र त्यस्तो प्रान्त हो, जहाँ तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन ।




















