×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पत्रकार मोहम्मद मोजिबुल्लाहलाई ‘लागूऔषध’मा फसाउने प्रहरीको षड्यन्त्र असफल

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रौतहट । सूचना सम्प्रेषणका वाहक हुन पत्रकार । आम जनतालाई सूसुचित गराउने अभिभारा नै राष्ट्रको यही चौथो अंगसँग छ । तर नेपालमा पत्रकार अझै पनि जोखिम र चुनौतीसँग पाइला पाइलामा लड्नु पर्ने अवस्था छ । आफूअनुकुल समाचार लेखाउने र आफूप्रतिकुल समाचार नजाओस् भन्ने जमात नेपालमा बढ्दो छ । त्यसैले पनि धेरै समाचार र विषय पत्रकारका लागि चुनौतीका पहाड नै बन्दै आएका छन् । रौतहटमा भएको एउटा घटनाले पनि समाचार लेखेको रिसमा नै पत्रकारलाई कसरी फसाइन्छ भन्ने पुष्टि भएको छ । त्यो पनि प्रहरीबाट ।

    घटना यहीँ साउन ३२ गतेको हो । जिल्ला सदरमुकाम गौरबाट प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध १ सय ५ थान नाइट्राभेटसहित दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का मोहम्मद मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेका थिए । यी मध्ये मोजिबुल्लाह स्थानीय सञ्चारकर्मी पनि हुन् ।

    सीसीटीभी हेर्दा खुल्यो रहस्य

    शनिबार सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीनै मोजिबुल्लाहलाई फसाउँन मोटरसाइकलमा लागू औषध राखेको पोल खुलेको हो । शनिबार गौर नगरपालिकाको सभाहलमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेको सीसीटीभी फुटेजमा प्रष्ट रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी (घुमुवा) प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले गौर स्थित होटल ग्रिन सिग्नल बाहिर पार्किङ्ग गरी खाजा खान गएका मोजिबुल्लाह मोटरसाइकलमा नाइट्राभेट राखेको देखिएको छ ।

    भिडियोमा प्रहरी सहायक निरीक्षक यादव तथा प्रहरी जवान मनोज साहले स्थानीय दुई युवाहरु को सहयोगमा मोटरसाइकलमा लागू औषध मोटरसाइकलमा राख्न लगाएको देखिएको छ ।

    आन्दोलनको चेतावनी

    प्रहरीकै मिलोमतोमा नै लागूऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ति जनाएको छ ।

    आम नागरिकलाई फसाउन प्रहरी आफै लागेको पुष्टि भएको भन्दै प्रहरीले यस घटनामा संलग्नजो कोहीँलाई पनि तत्काल कानुनी दायरामा ल्याएर कारवाही गर्नु पर्ने सञ्चारकर्मीहरुको माग छ ।

    प्रहरी बोल्न अन्कनाउँदै

    फिल्मी शैलीमा सर्वसाधरणलाई फसाउने यो घटना सार्वजनिक भएपछि पछि रौतहट प्रहरी यो विषयमा खुलेर बोल्न मानेको छैन् ।

    यता सञ्चारकर्मी मोजिबुल्लाहको परिवार भने तीप्रहरी कर्मचारीहरु त केवल एक मोहरा भएको र यस घटनाको पछाडि ठूलै व्यक्तिहरुको हात हुन सक्ने अनुमान गर्दै आएका छन् ।

    प्रहरीमा सूचना संकलनको लागि साधा पोसाकको प्रहरी (घुमुवा) परिचालन गर्ने चलन भएपनि यस्ता घुमुवाहरु देशभर बदनाम बन्न थालेको गुनासो बढ्दै गएको छ । तर प्रहरीले यस्ता घुमुवाको कार्यशैलीमाथि निगरानी भने बढाउन सकेको छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.