काठमाण्डौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आज प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले सभापति देउवालाई प्रतिवेदन बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस सभापति देउवालाई प्रतिवेदन बुझाइएको समितिका एक सदस्यले जानकारी दिए ।
समितिका सदस्यहरुले सदस्यतासम्बन्धी विवादमा सहमति जुटेको दाबी समेत गरेका छन । कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो ।
बारा, सप्तरीलगायत ६ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो । कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर छानविन गरिएको थियो ।
क्रियाशील विवादकै कारण भदौमा हुनुपर्ने कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । त्यसका लागि भदौ १८ मा वडा अधिवेशन हुनेछ ।




















