सोलुखुम्बु । मोटरसाईकल चलाउदै गरेका एक युवकको आफैले ओढेको रेनकोट पासो लाग्दा ज्यान गएको छ ।
मप्यदूधकोशी गाउँपालिका ५ कागतेका घर भएका ३० वर्षीय सुमन राईले आफैले ओडेको रेनकोट पासो लागेर ज्यान गएको प्रहरीले पुष्टी गरेको हो ।
शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा बा. ५४ प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईले आफैँले ओढेको रेनकोट मोटसाइकलको टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सुमनको घाँटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चोट छैन ।
वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बेरिँदा दुर्घटना हुने गरेकोले सचेतपूर्वक मात्र रेनकोट प्रयोग गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।




















