मोरङ । माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारीमा १ जनाको ज्यान गएको छ ।
स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा शनिवार साँझ उर्लाबारी १ का ३१ वर्षीय विष्णु जोगीको ज्यान गएको मोरङ प्रहरीले पुष्टी गरेको हो ।
ब्याट्रीको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा जोगीको घट्ना स्थलमै जइान गएको प्रहरीले जनाएको छ ।
माछा मार्न विष्णुसँगै उर्लाबारी १ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ५० वर्षीय मिलन राई पनि गएका थिए ।
लालबहादुर र मिलन सहित अन्य केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी दिपक श्रेष्ठले बताए ।




















