साँकेतिक तस्बिर
भक्तपुर । शनिबार भक्तपुरको ठिमी स्थित एक गेष्ट हाउसमा ‘प्रेशरकुकर बम’ जस्तो देखीने बस्तु फेला परेको छ ।
टिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको भक्तपुर प्रहरी पुष्टी गरेको हो ।
बम जस्तो देखिने उत्त बस्तु कसले राख्यो भन्ने बिषयमा प्रहरी केही समय अन्यौलमा परे पनि होटलमा नै बस्ने एक ब्यक्तिले राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
बम जस्तो देखिने उत्त बस्तु शनिबार राती १०ः३० बजे नै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्यो ।
सोही होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकले बढी रकम असुलेको भन्दै प्रेसरकुकर राखिदिएको प्रहरी वृत्त, ठिमीका अधिकृतले जानकारी दिए । अहिले प्रहरीले रविन तामाङ लामा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।
बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्तिले होट सञ्चालकलाई तर्साउन उत्त बस्तु होटलमा राखेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रेसर कुकुर राखेका वेला लामाले मादक पदार्थ पनि सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।




















