×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कास्कीमा व्यवसायिक पशुपालनसंगै डाँले घाँसका विरुवाको माग बढ्दो

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।

    कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेको कारण बन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन बन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

    चालू आर्थिक बर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकाँश युवा वर्ग रहेको बताउँदै उहाँले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्पm आकर्षण बढेसंगै डाँलेघाँसका विरुवाको माग बढेको बताउनुभयो ।

    “विगतमा डिभिजन बन कार्यालयद्धारा महेन्द्रगुफामा स्थापना गरि सञ्चालन गर्दै आएको बन नर्सरीमा उत्पादित विरुवा मात्र वितरण गरिदै आएको थियो” उहाँले भन्नुभयो, “यस बर्ष भने गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुई लाख रुपैया आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भई रहेको छ ।”

    विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाका दरले उपलव्ध गराईएको थियो । वन नर्सरीहरुमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाई, पोलिथिन व्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि ठूलै संख्याले रोजगार समेत प्राप्त गर्दै आएका छन् ।

    डिभिजन बन कार्यालय कास्कीको बटुलेचौरसंगै बन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका वडा नं. ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सव डिभिजन बन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगि बिभिन्न जातका तीन लाख १८ हजार विरुवा उत्पादन गरि वितरण गरिएको अधिकृत बरालको भनाई छ ।

    डिभिजन वन कार्यालयद्धारा स्थापना गरि सञ्चालनमा आएको पोखरा १६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधि सहितको तापानुकुलित हाईटेक निर्माण गरिएको छ । हाइटेक भित्र उमारिएका विरुवा दुई पाते भएपछि पोलिथिन व्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाईएको छ । हाईटेक भित्र लगाईएको विउ ७० प्रतिशत भन्दा बढी उम्रने गरेको छ ।

    लेखनाथ सव–डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरीलो,लेजपात, हर्रो, बर्रो,अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति,हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।

    पोखरा महानगरपालिका वडा नं. ३० द्धारा उपलव्ध गराईएको दुई रोपनी सार्वजनिक जग्गामा यसै बर्ष स्थापना गरि सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवाको माग भएको उहाँको भनाईछ ।

    नर्सरीमा केही अन्य विरुवा अहिले पनि रहेका भएपनि राईखनियो लगायतका डाँलेघाँसका विरुवा माग भए अनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले रासससंग गुनासो सुनाउनुभयो ।

    सव डिभिजन बन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०-३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियो सहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कोरोनाको कारण यस बर्ष कास्की जिल्लामा विभिन्न पर्व तथा लायन्स क्लवहरुले समेत विगतको तुलनामा बृक्षारोपण कार्यक्रम खासै नभएको कारण अन्य विरुवाको तुलनामा बाख्रा फर्मबाट बढी डाँलेघाँसका विरुवाको माग आएको हो ।

    संघ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैया ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैया प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिनुभयो ।

    कोरोना भाइरसको संङक्रमण बढेसंगै व्यापार व्यवसाय थप्प भएपछि गाउँफर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझीएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्पm उन्मुख भएको कारण विरुवाको माग बढेको सरोकारवालाको सामुहिक भनाई छ ।
    रासस

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.