काठमाण्डौं । नोबल कोरोना भाइरस (काभिड–१९)बाट आज थप २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
ुकुल १३ हजार ७५ जनाको नमूना परीक्षण मध्ये ७ हजार ७०३ जनाको पीसीआर गर्दा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन गर्दा ६५१ जना गरी २ हजार ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
शनिबार संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ७ लाख ४५ हजार ७३१ जना र एन्टिजेन तर्फ ७९ हजार ९९१ जना पुगका छन् ।
शनिबार नै देशै भरको विभिन्न स्थानमा बसोबास गर्ने २ हजार ३८२ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३० जनाले ज्यान गुमाएका छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ ।





















