काठमाण्डौ । नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने बताएका छन् ।
शुक्रबार ५७ जना नेताहरुको बैठकले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने निश्कर्ष निकाल्दै ओलीलाई उत्त समय सिमा दिएको हो ।
१० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनःर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ । बैठकमा बोल्नेहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न ढिलो भएको समेत धारणा राखेका थिए ।
जेठ २ को अवस्थाका कमिटीहरु ब्युँताउने र कारबाही फिर्ता लिने हो भने नेपालसँग गएका नेताहरु समेत फर्किन सक्ने कतिपय केन्द्रीय सदस्यहरुको दाबी छ । तर ओलीले इमान्दारिता नदेखाएमा भने बिद्रोह हुने र माधव नेपालको पक्षमा जानेको सङ्ख्या ठूलो हुने उनीहरुको तर्क छ ।
बैठकमा कार्यदलका सदस्यहरुले पार्टी एकता अझै पनि सम्भव रहेको रिर्पोटीङ गरेका थिए । उनीहरुले आफूहरुले एकताको लागि प्रयास गरिरहेको तर माधव नेपालले नयाँ पार्टी गठन गर्न हतार गरेको बताए ।




















