काठमाण्डौं । कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो ।
१८ दिनदेखि उपचाररत थापाको निधन भएको हो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।
‘मदन बहादुर हरिबहादुरमा पनि उनले अभिनय गरेका थिए ।




















