काठमाण्डौं । आज देशैभर मेघ गर्जन सहित चट्याङ्ग पर्ने र केही स्थानमा अत्याधिक बर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
प्रदेश नं १, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका १ वा २ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका १ वा २ स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सबैलाई आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले जनाएको छ ।




















