काठमाण्डौ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशैभरको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ पीसीआर गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको ज्यान गएको छ । यो सहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ ।




















