×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्यको आचार संहिता सार्वजनिक (कस्तो छ त आचार संहिता ?)

  •  गोरखा समाचार
  • बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशले आज मन्त्रिपरिषदका सदस्यहरुले पालना गर्ने गरी आचार संहिता जारी गरेको छ ।

    यस अघिको पृथ्वीशुब्बा गुरुङका पालमा पनि रहेको आचार संहितालाई परिमार्जन गरी अहिले रहेका मन्त्रिपरिषदका सदस्यहरुले पालना गर्ने गरी मन्त्रि परिषदका सदस्यको आचार संहिता २०७८ जारी गरिएको हो ।

    आचार संहितामा मन्त्री पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र प्रचलित कानून बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेश गरी सार्वजनिक समेत गर्नु पर्ने तथा मन्त्रीहरुले प्रदेश राजधानी छाड्नु पर्दा अनिबार्य रुपमा मुख्यमन्त्रीको स्विकृती लिनुपर्ने जस्ता प्रावधानहरु आचार संहितामा समेटिएको छ ।

    आउनुहोस हामी पनि अध्ययन गरौ

    मन्त्रिपरिषद्का सदस्यको आचार संहिता, २०७८

    प्रस्तावना

    गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदका सदस्यहरूले प्रचलित कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्दा सदस्यहरूकाबीचमा आपसी सामनजस्यता कायम राख्दै आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दै सो अनुरूप पालना गर्नु पर्ने आचरण र व्यवहारलाई व्यवस्थित एवं पारदर्शी बनाई सक्षम र पारदर्शी रुपमा नैतिकता र मर्यादा कायम राखी असल शासन सञ्चालन गर्न बाञ्छनीय भएकोले प्रदेश सुशासन ऐन, २०७६ को दफा २२ को उपदफा (२) बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्ले यो आचार संहिता बनाई जारी गरेको छ ।

    परिच्छेद १

    प्रारम्भिक

    १. संक्षिप्त नाम र प्रारम्भः

    १.१ यस आचार संहिताको नाम “ मन्त्रिपरिषदका सदस्यको आचार संहिता, २०७८” रहेको छ।

    १.२ यो आचार संहिता तुरुन्त प्रारम्भ हुनेछ ।

    २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आचार संहितामा,–

    २.१ “मन्त्रिपरिषद् सदस्य” भन्नाले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री, राज्य मन्त्री वा सहायक मन्त्री सम्झनुपर्छ ।

    २.२ “मन्त्रिपरिषद्” भन्नाले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद् सम्झनुपर्छ ।

    २.३ “मन्त्री” भन्नाले गण्डकी प्रदेश सरकारको मन्त्री सम्झनुपर्छ र सो शब्दले गण्डकी प्रदेश सरकारको राज्य मन्त्री वा सहायक मन्त्री समेतलाई जनाउँछ ।

    २.४ “मुख्यमन्त्री” भन्नाले गण्डकी प्रदेशको मुख्य मन्त्री सम्झनुपर्छ ।

    ३. आचार संहिताको पालनाः यो आचार संहिताको पालना गर्नु प्रत्येक मन्त्रिपरिषद् सदस्यको कर्तव्य हुनेछ ।

    परिच्छेद २

    मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचरण

    ४. पदीय आचरणः नेपालको संविधान र प्रचलित कानूनको अधिनमा रही मन्त्रिपरिषद् सदस्यले देहायको पदीय आचरणको पालना गर्नुपर्नेछः-

    ४.१ नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै काम कारवाही गर्न नहुने,

    ४.२ आफ्नो काम कारवाही राष्ट्र र सर्वसाधारणको सेवामा केन्द्रित हुनु पर्ने,

    ४.३ मन्त्रालयबाट सम्पादन गर्ने हरेक काम कारवाही नेपालको संविधान र कानून बमोजिम आम नागरिकको अपेक्षालाई ध्यानमा राखी गर्नु पर्ने,

    ४.४ आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा गण्डकी प्रदेश सभा र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनु पर्ने,

    ४.५ प्रदेश सभाका सदस्यहरूको राय सल्लाह र सुझाव सुन्न यथासम्भव सरल र प्रभावकारी व्यवस्था मिलाउनु पर्ने,

    ४.६ आफ्नो मन्त्रालयका हरेक काम कारवाही नेपालको संविधान र कानून बमोजिम गरिने हुँदा त्यस्तो काम कारवाहीमा आफूले जिम्मेवारीपूर्वक सम्पादन गर्ने र सो को अभिलेखीकरण गर्नु पर्ने तथा नेपालको संविधानलाई कार्यान्वयन गर्नेतर्फ प्रतिबद्ध रहनु पर्ने,

    ४.७ गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीद्वारा जारी गरिएका हरेक निर्देशनहरूलाई पूर्ण पालना गर्ने र सो को कार्यान्वयनको प्रगति विवरण दिनु पर्ने,

    ४.८ मन्त्री पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र प्रचलित कानून बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेश गरी सार्वजनिक समेत गर्नु पर्ने,

    ४.९ आफू वा आफूसँग सम्बन्धित कुनै व्यक्ति संस्था वा पक्षलाई फाइदा पुग्ने र राज्य वा नागरिकलाई नोक्सान पर्ने गरी जानी जानी कुनै काम कारवाही गर्न, गराउन नहुने,

    ४.१० आफूलाई जानकारी भएको तथ्य वा व्यहोरा झुट्टा रूपमा उल्लेख गरी बैठकमा प्रस्तुत गर्न वा सो अनुसारको दाबी लिन नहुने,

    ४.११ आफ्नो विभागीय मन्त्रालय वा अन्य मन्त्रालयको काम कारवाहीको सन्दर्भमा आँफूले जानकारी पाएको गोप्य राख्नु पर्ने तथ्य वा व्यहोरा वा सूचना आधिकारिक निकाय वा पदाधिकारी बाहेक अन्यत्र व्यक्त गर्न वा गर्न लगाउन नहुने,

    ४.१२ आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक रुपमा उपस्थित हुँदा भड्किलो रुपमा प्रस्तुत हुन वा मद्यपान गर्न नहुने,

    ४.१३ मन्त्रिपरिषद्‍मा वा मन्त्रिपरिषद्का सदस्यकाबीचमा भएको वा हुने कुनै विवाद सञ्चार माध्यम मार्फत अभिव्यक्त गर्न वा गर्न लगाउन नहुने,

    ४.१४ संघीय इकाईको पारस्परिक सम्बन्धमा असर पर्नसक्छ भन्ने जानी जानी कुनै क्षेत्र, जात, जाती, धर्म, वर्ण, लिङ्ग, सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गतिबिधि गर्न, गराउन नहुने,

    ४.१५ मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनु पर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार गण्डकी प्रदेश सरकारलाई बुझाउनु पर्ने,

    ४.१६ उपलब्ध भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादनका सामाग्री मात्र प्रयोग गर्ने र गराउने,

    ४.१७ मन्त्रालयको काम कारबाहीमा अत्यधिक आर्थिक मितव्ययिता अपनाउनु पर्ने,

    ४.१८ सरकारबाट उपलब्ध गराउने सेवा र सुविधाका अवसरहरूको बाँडफाँड गर्दा नेपालको संविधान र प्रचलित कानून बमोजिम सामाजिक न्याय र समावेशीकरण सम्बन्धी राज्यको नीतिलाई अङ्गीकार गर्नु पर्ने,

    ४.१९ मन्त्रालयको काम कारबाही सम्बन्धमा सार्वजनिक जानकारी लिन सुझाव तथा उजुरी पेटीका, हटलाईन, टेलिफोन, इमेल जस्ता साधन प्रयोग गर्ने र सरोकारवाला र विज्ञ समेतसँग सार्वजनिक सुनुवाईको कार्यक्रम निरन्तर गर्ने गराउने,

    ४. २० स्वकीय वा निजी सचिव नियुक्ति गर्दा योग्य र क्षमतावान व्यक्तिलाई चयन गर्ने र निजको काम कारवाहीको सूपरीवेक्षण आफैँले गर्ने,

    ४.२१ सरकारी काम काजको समयलाई प्राथमिकता दिई समयमा उपस्थित हुने कार्यलाई प्राथमिकता दिनु पर्ने,

    ४.२२ राष्ट्रसेवक कर्मचारीलाई राजनैतिक दबाब भन्दा बिलकुल अलग भै स्वतन्त्रता पूर्वक काम गर्ने वातावरण तयार गर्ने गराउने,

    ४.२३ गण्डकी प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारको प्रवक्ता मार्फत मात्र सार्वजनिक गर्ने गराउने,

    ४.२४ पदीय मर्यादा र अख्तियारको दुरूपयोग गरी धम्क्याउने वा बदनियत राखी कार्य गर्ने वा सम्पत्ति आर्जन गर्ने कार्यलाई शून्य सहनशीलताको आधारमा कारवाही गर्नु पर्ने,

    ४.२५ सरकारी श्रोत र साधनलाई निजी, पारिवारिक काममा वा सरकारी प्रयोजन बाहेकका काममा प्रयोग नगर्ने, नगराउने,

    ४.२६ देश र जनताको गरिमा, मर्यादा र प्रतिष्ठालाई आफ्नो गरिमा मर्यादा र प्रतिष्ठा सन्निहित रहेको सम्झी सो अनुरूपको काम कर्तव्य र अधिकारको प्रयोग गर्नु पर्ने,

    ४.२७ आफ्नो परिवारका कुनै सदस्य वा नजिकको नातेदार वा घनिष्ठ मित्रसँग सरकारी काम कारवाही बाहेकका कुनै विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पुरयाउने गरी कुनै व्यक्ति वा पदाधिकारीबाट आतिथ्यता लिने, दान वा उपहार स्वीकार गर्ने वा गर्न लगाउन नहुने,

    ४.२८ मरमोलाहिजा, पक्षपात, भनसुन वा द्वेष वा प्रतिशोधको भावना कारवाही गर्न, गराउन नहुने,

    ४.२९ झुटो तथ्याङ्क वा विवरण दिन वा सार्वजनिक गर्न, गराउन नहुने,

    ४.३० गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश सभा र नेपाल राज्यका अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको क्षेत्राधिकार उल्लङ्घन हुने वा एक अर्कामा घृणा वा द्वेष पैदा हुने गरी कुनै काम कारवाही गर्न वा गराउन नहुने ।

    परिच्छेद ३

    विविध

    ५. मुख्यमन्त्रीले निर्देशन दिन सक्नेः यो आचार संहिताको सम्बन्धमा तथा अन्य विषयमा मुख्यमन्त्रीले समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु मन्त्रिपरिषद् सदस्यको कर्तव्य हुनेछ ।

    ६. खारेजीः प्रदेश सरकार, प्रदेश न. ४ मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता, २०७४ खारेज गरिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.