काठमाण्डौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुन तोलामा ४०० रुपैंया बढेर प्रतितोलाको मुल्य ९१ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार नेपाली बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैंयाँमा कारोबार भएको थियो ।
मंगलबार नै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैंया कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैंयाले बढेर प्रतितोलाको मुल्य १ हजार २१० रुपैंयाँमा कारोबार भएको संघले जनाएको छ ।




















