फाईल तस्बिर
काठमाण्डौं । अफगानिस्तानको काबुलबाट १२७ जना नेपाली काठमाण्डौं आइपुगेका छन् ।
जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
उनीहरुलाई क्वारिन्टनको लागि सामाखुसीस्थित राधा स्वामी आइसोलेसन सेन्टरमा राखिएको छ ।
उनीहरु अधिकांश काबुलस्थित दूतावासमा कार्यरत सेक्युरिटी गार्ड रहेको बुझिन आएको छ ।
काबुलमा तालिबानीहरुले कब्जा गरेपछि अफगानिस्तानबाट नेपाल फर्केको यो पहिलो टोली हो ।




















