गाेरखा। न्याग्दी हाइड्रोपावरले आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा संस्थापक शेयरधनीहरुका लागि आइपिओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १० प्रतिशतले हुने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको शेयर निष्काशन गरेको छ ।
कम्पनीले जारी गर्ने १५ लाख कित्ता शेयरमध्ये आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बोमिजको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ३ (साविक खुदी गाविसका वडा १, २, ३ र ६ मात्र)का लागि छुट्याएको छ ।
यसैगरी मर्स्याङ्दी गाउँपालिका ६, ७ र ८ (साविक बाहुन डाँडा गाविस र भलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानीय वासिन्दाहरुलाई ५ लाख कित्ता शेयर छुट्याएको कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीले आयोजना प्रभावत क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने स्थानीय वासिन्दाहरुका लागि १० लाख कित्ता शेयर तथा कम्पनीको संस्थापक शेयरधनी तथा बुटवाल पावर कम्पनी लिमिटेड र लमजुङ विद्युत विकास कम्पनी लिमिटेडका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीको आइपिओमा न्यूनतम् १० कित्ता देखि अधिकतम् ५० हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ ।
निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ ।




















