काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशैभरको विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ पीसीआर गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ७ लाख ३४ हजार ८३८ जना र एन्टिजेन तर्फ ७६ हजार १५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न स्थानमा बसोबास गर्ने २ हजार ४५८ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ८५ हजार १४० जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















