काठमाण्डौं । नेपाली बजारमा सुन र चाँदीको मुल्य घटेको छ ।
आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार २०० रुपैयाँमा किचबेच भइरहेको छ ।




















