दमौली । आफ्नै घरको छतबाट खसेका एक सनिक हवल्दारको ज्यान गएको छ ।
व्यास ३ देउरालीनगर निवासी ३७ वर्षिय सैनिक हवल्दार लक्षमण थापाको उपचारका क्रममा दमौली अस्पतालमा आईतबार राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
खैरेनीटार ३ नं बाहिनीमा हवल्दार पदमा कार्यरत उनी बिदामा घर बसेका २ तल्ला माथीबाट खसेको प्रहरीले जनाएको छ ।
सडकमा खसेका उनको छिमेकी र परिवारले उद्धार गरेर ल्याएकोमा राती नै निधन भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















