एजेन्सी । अफगानिस्तानको राष्ट्रपति गानीले देश छाडेपछि तालिबानको समूहले राष्ट्रपति कार्यालय कब्जामा लिएको छ ।
विद्रोही संगठन तालिवानले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जामा लिए संगै त्यहाँ तालिवानको झण्डा फहराएको छ ।
आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहले देश छाडेको बीबीसीमा जनाइएको छ ।
विद्रोही संगठन तालिवानले धम्की दिएपछि गनीले देश छाडेका हुन् । उनले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिदै देश छाडेका थिए ।
काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको छ ।




















