काठमाण्डौ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप थप २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशैभरको विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर मा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन गर्दा ४१९ गरी २ हजार २१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको कुल संख्या पीसीआर तर्फ ७ लाख ३२ हजार २७२ जना र एन्टिजेन तर्फ ७५ हजार १३० जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालको विभिन्न क्षेत्रमा बसोबास गर्ने १ हजार ८६७ जना कोरोना मुक्त भएका छन् । यो सहित कोरोना मुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार २९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।




















