पोखरा । पोखराको पर्यटकीय स्थल मेथलाङमा आज कार दुर्घटना हुदा चालकको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका १८ को मेथ्लाङ्ग डाडामा ग. १ च ७२३४ नम्बरको हुन्डाई कार दुर्घटना चालक बद्री खत्रीको ज्यान गएको हो ।
सडकबाट करिब २०० मिटर तल खसेको कारमा सवार सपना घोताने र किरण अर्याल घाइते भएका छन् । उनीहरु दुबैको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ । दुवै महिलाको सहारा अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटना लगत्तै कार चालक खत्रीलाई उद्वार गरी उपचारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकहरुले उनलाई मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना के कसरि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।




















