काठमाण्डौं । हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पले घरहरु भत्कीएर च्यापिएर ३०४ जनाको ज्यान गएको छ ।
दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म २ हजार भन्दा सर्वसाधारण घाइते भएको सञ्चार माध्यमहरुले जनाएको छ । घाइते हुने र मत्तकहरुको संख्या अझै बढ्न सक्ने हाईटी सरकारले जनाएको छ ।
भूकम्पले घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन् । भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्र निरीक्षण गर्दै प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् ।




















