काठमाण्डौं । नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले मंसिर ९ गते देखी १३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको हो ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।
कस्तो छ त तालिका ?
१) २०७८/५/२ गतेसम्म कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने
२) २०७८/५/२ गते निर्वाचन निर्देशिका बुझाउने
३) २०७८/५ /१८ गते वडा अधिबेशन
४) २०७८/ ५/२७ गते गाउँ/नगर पालिका
५) २०७८/६/१ गते प्रदेश क्षेत्र क÷ख
६) २०७८/६/५ गते संघिय निर्वाचन क्षेत्र
७) २०७८/६/१० गते जिल्ला निर्वाचन
८) २०७८/७/१०–१२ गते प्रदेश निर्वाचन
९) २०७८/८/ ९–१३ केन्द्रीय महाधिवेशन




















