पाल्पा । बुबाले मकैबारीमा लुकेर स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मुत्यु भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बुव कर्णबहादुर लम्तारीले जंगली स्याललाई ताकेर बन्दुक हान्ने क्रममा एक्कासी छोरा अगाडी आउदा लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुर र उनले प्रयोग गरेको बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।




















