काठमाण्डौँ । कोभिड महामारीमा पनि पत्रकारितामा सक्रिय पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको एसोसियट संस्था पर्यटन पत्रकार मञ्चले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कारबाट ६ जना पत्रकारहरु रिना मोक्तान, मेनुका कार्की, जीतबहादुर साउद, गोविन्द मरासिनी, विरोचनमल्ल ठकुरी र चन्द्रबहादुर आलेलाई पुरस्कृत गरिने निर्णय भएको हो ।
समितिको निर्णय बमोजिम आगामी असोज १ गते हुने एसोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा पुरस्कार गरिने भएको छ । यो पुरस्कार जनही १० हजार र प्रमाणपत्र रहेको जानकारी दिइएको छ ।
पुरस्कारका लागि छनोट भएका पत्रकारहरु हाल कोरोना संक्रमणमुक्त भएको जनाइएको छ ।




















