रुपन्देही । जबरजस्ती करणी आरोपमा गाउँपालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ परेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई स्थानीय ३० वर्षीया महिला जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
आफुलाई अध्यक्ष शुक्लाले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय भैरहवामा बिहीबार उजुरी दिएपछि शुक्ला पक्राउ गरिएको भैरहवा प्रहरीले जनाएको छ ।
उजुरीका आधारमा शुक्लालाई बिहीबार नै नियन्त्रणमा लिइएको हो । शुक्लामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















