काठमाण्डौ । काठमाण्डौमा विद्यार्थीलाई परिचय पत्रको आधारमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार बिहीबार देखी काठमाण्डौंमा साउन ३० गतेसम्म विद्यार्थीहरुलाई खोप दिन सुरु गरिएको हो ।
विद्यार्थीका साथै यस अघि कोभिशिल्ड लगाएकाहरुलाई खोप लगाउन प्रहरी अस्पताल पानीपोखरी, विरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्रबाट खोप सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप उपलब्ध गराउन सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरुलाई पनि मन्त्रालयले निर्देशन दिएको छ ।
विश्व विद्यालयको परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी हुने अनुमान छ ।




















