बुटवल । लुम्बिनी प्रदेश सभाको आज बैठक बस्दैछ । प्रदेश सभाको बैठक दिउँसो १ः०० बजेको लागि बोलाइएको हो ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
पोखरेल विरुद्ध पटक पटक अविश्वासको प्रस्ताव दर्ता भएपनि हालसम्म टुगों लाग्न सकेको छैन् ।
लुम्बिनीमा हाल प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । जसमध्ये सत्तारुढ दल एमालेका ३८, र विपक्षी गठबन्धनमा नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ४१ सांसद छन् ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत आवश्यक पर्छ ।




















