काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशै भरको विभिन्न प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये १३ हजार २१७ जनाको पीसीआर गर्दा ३ हजार १९४ जना र ५ हजार ९०६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ हजार ७१० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मंगलबार संक्रमण देखिएका सहित आज सम्म पीसीआर तर्फ ७ लाख २० हजार ६८० जना र एन्टिजेन तर्फ ७१ हजार २३० जनामा संक्रमण देखिएको छ ।
आजै देशैभरका विभिन्न स्थानिय तहका २ हजार ११५ जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ मन्त्रालयले जनाएको छ ।





















