पोखरा । कास्कीको माझाखेतमा आफ्नै श्रीमानले श्रीमतीलाई लोहोरोले हानेर हत्या गरेका छन् ।
जिल्लाको माछापुछ्रे गाउँपालिका २ को माझाखेतका ६५ बर्षिय श्रीराम कामीले ५५ बर्षिया श्रीमती श्रीमाया कामीलाईलाई लोहोरोले हानेर हत्या गरेका हुन् ।
मंगलबार बिहान १०ः०० बजे मादप पदार्थ सेवन गरेर आएका श्रीमानले सामान्य विवादमा श्रीमतीलाई लोहोरोले हान्दा गंभिर घाईते भएकी श्रीमायाको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न श्रीराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















