नवलपरासी । मोटरसाइकलले ठक्कर दिएका प्रहरी निरीक्षक कपिल वाग्लेको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत इन्स्पेक्टर वाग्लेलाई सोमबार साँझ करिब ८ः०० बजेको समयमा लु. १४ प ८७५८ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो । वाग्लेको उपचारका क्रममा ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाट भन्दा करिब २०० मिटर पूर्व तर्फ राजमार्गमा पैदल हिँडी रहेका वाग्लेलाई मोटरसाइकलले ठक्कर दिदा उनी गंभिर घाईते भएका थिए ।
वाग्लेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको नवलपरासी प्रहरीले जनाएको छ ।
वाग्लेलाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालक सुनवल १ का दीपेन्द्र पुनमगरलाई राती नै प्रहरी नियन्त्रणमा लिएको र अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




















